ताजा समाचार

उत्तरी अफगानिस्तानमा १० जना लडाकू मारिए

मजार–ए–सरिफ । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा सरकारी फौजले गरेको कारबाहीमा कम्तीमा १० जना लडाकू मारिनुका साथै दर्जनौं अरु घाइते भएको सेनाले जनाएको छ ।

शुक्रबार शुरु भएको सैनिक कारबाहीमा विद्रोहीको नियन्त्रणमा रहेका दर्जनौं गाउँलाई पनि पुनः मुक्त गरिएको सेनाका प्रवक्ता मोहम्मद हनिफ रेजाइले बताए ।

लडाकू विमान सहित गरिएको उक्त सैनिक कारबाही लडाकूहरु पूर्ण रुपमा परास्त नहुँदासम्म जारी रहने बताइएको छ । तर रेजाइले सुरक्षा फौजतर्फ भएको क्षतिबारे केही बताउनुभएको छैन । तालिबानले सरकारी फौजको कारबाहीका बारेमा केही बताएको छैन ।

तालिबान र सरकारी फौजले गत नोभेम्बरमा कतारमा तालिबान र अमेरिकी प्रतिनिधिहरुबीच वार्ता शुरु भएपछि एकअर्का विरुद्धको कारबाहीमा अझ तिब्रता आएको छ । सिन्ह्वा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org