ताजा समाचार

नेपाल भर्सेस युएईः निर्णायक खेलमा कसले मार्ला बाजी ?

युएइसँगको टी—ट्वेन्टी सिरिज अन्तर्गत नेपालले आज निर्णायक खेल खेल्दै छ । यसअघि भएको पहिलो खेलमा हार दोस्रो खेलमा जित निकाल्दै सिरिज १—१ बराबरीमा पुर्‍याएको नेपालका लागि उपाधि कब्जा गर्न आजको खेल जित्नैपर्ने छ ।

आजको खेल जित्नेले टी २० सिरिज जित्नेछ। खेल आज दिउँसो नेपाली समय अनुसार २ः ४५ बजे दुबईस्थित आइसीसी एकेडेमी मैदानमा हुनेछ।

तीन खेलको ओडिआई सिरिजमा पनि नेपालले पहिलो खेल हारेर बाँकी दुई खेल जित्दै सिरिज जितेको थियो।

टी २० मा पनि नेपालले पहिलो खेल युएईसँग २१ रनले गुमाएको थियो। तर दोस्रो खेलमा बलरको उत्कृष्ट प्रदर्शन र दिपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङमा नेपालले ४ विकेटले जितेको थियो।

पहिलो टी २०मा सन्दीप जोराले कीर्तिमानी अर्धशतक बनाए पनि नेपाल जितसम्म पुग्न सकेको थियो। जोराले टी २० आईमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान बनाएका थिए।

अब तेस्रो खेल पनि जित्दै पहिलो पटक टी २० सिरिज जित्ने अवसर नेपालसामु छ। नेपालले यसअघि खेलेका टी-२० सिरिज अहिलेसम्म जित्न सकेको छैन।

युएई गएका १६ मध्ये यसपटक नेपाली टिममा चार नयाँ खेलाडी थिए। चारमध्ये सन्दीप जोरासँगै पवन सर्राफ र अभिनाश बोहराले टी २० इन्टरनेशनलमा डेब्यु गरिसकेका छन्। भीम सार्कीले भने अझै पनि कुनै खेल खेल्न पाएका छैनन्। आजको खेलमा भीमले खेल्ने अवसर पाए नेपालको सिनियर टिम र टी २० इन्टरनेशनलमा उनको डेब्यू हुनेछ।

ओडिआईमा भने नेपालका चार खेलाडीले डेब्यु गरे। जोरा र पवनसँगै विनोद भण्डारी र ललित नारायण राजवंशीले युएईविरुद्ध खेल्दै ओडिआईमा डेब्यु गरेका हुन्। ओडिआई नखेलेका प्रदिप ऐरीले टी २० मा विकेट किपर र ओपनरको भूमिमा निर्वाह गरिरहेका छन्।

Live Link: Nepal VS UAE LIVE

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org