ताजा समाचार

खेल १० ओभरमा छोट्याइयो, नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौं । युएई विरुद्धको अन्तिम टी–२० खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । वर्षाले प्रभावित खेल केही समय ढिला गरि सुरु भएको छ । खेल १० ओभरमा छोट्याइएको छ ।

पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको नेपाल दोस्रो खेलमा भने चार विकेटले विजयी भएको थियो । तीन खेलको सिरिज हाल १—१ को स्थितिमा छ । सिरिज आफ्नो पक्षमा पार्न नेपाल र युएई दुबैलाई खेल जित्नुपर्ने दबाव छ ।

यसअघि सम्पन्न तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले यूएईलाई २–१ ले पराजित गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org