ताजा समाचार

मेयर र वडाध्यक्ष नै विद्युत चोरीमा व्यस्त, सुरक्षाको कारण देखाउदै मेयरको मिटर खोलिएन !

काठमाडाैं । राैतहटको गढिमाई नगरपालिकाका मेयर र वडाधयक्ष नै विद्युत चोरीमा संलग्न रहेको पाइएको छ ।

नेपाल विद्युत प्राधिकरणको चुहावट नियन्त्रण महाशाखाको काठमाडाैंबाट खटिएको टोलीले मेयर श्याम प्रसाद यादव (ग्राहक नं ००८.१३.०१), वडा नं ६ का वडाध्यक्ष रामसिंघासन यादव (ग्राहक नं ०७.२०.०३) र गरुडा नगरपालिकाका वडाध्यक्ष सरोज राय यादव (ग्राहक नं १८.०८.१९) ले विद्युत चोरी गरेर प्रयोग गरेको पाइएको हो ।

तर, चोरीको लाइन काटिएपनि मेयरको घरमा भने सुरक्षाको कारण देखाउदै महाशाखाको टोलीले मिटर नखोलेरै फर्किएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org