ताजा समाचार

गगनको कालो कर्तुत पर्दाफास गर्न पोखरामा नेविसंघको कालो झण्डा, आखिर के थियो त्यस्तो कारण ?

काठमाडाैं । नेपाली कांग्रेसका युवा तथा प्रभावशाली नेता गगन कुमार थापालाई कांग्रेस भित्र नै लखेटन खोजिएको छ ।

पोखराको कार्यक्रममा भाषण गर्न पुगेका थापालाई नेविसंघका नेताहरुले नै कालो झण्डा देखाएर बहिष्कार गरेपछि उनी अत्यन्तै निराश बनेर काठमाडाैं फर्किएको स्रोतले जनाएको छ ।

कांग्रेसको महाधिवेसन नजिकिदै गर्दा  नेता थापामाथि विभिन्न  षडयन्त्रहरु हुन थालेको भन्दै उनको सचिवालयले दुःख व्यक्त गरेको स्रोतको दावी छ। तर, उनलाई कालो झण्डा देखाइनुमा यस्तो कुनै विषेश कारण नभएर नेविसंलाई उनले आन्दोलनमा होमिन निर्देशन दिने तर जनताकासामू नेविसंको विरोध गरेजस्तो गरेर लोकप्रिय बन्न खोज्दा यस्तो दुर्घटना बेहोर्नु परेको एक नेताले नाम नबताउने सर्तमा न्युज-नेपाललाई जनाए ।

थापालाई नेविसंघ कास्की जिल्ला सभापति विकास थापा नेतृत्व समूहले कालो झण्डा देखाएको हो । कांग्रेसको विरोध सभालाई सम्बोधन गर्न भन्दै त्यहाँ पुगेका थापालाई कालो झण्डा किन देखाइयो भन्ने कुरा सार्वजनिक गर्न नमाने पनि कालो झण्डा देखाउने कार्यक्रममा सहभागी एक नेताले नाम नबताउने सर्तमा भने, थापाको चुरुफुरि आफ्नै पाराको छ । यसले न पार्टीलाई फाइदा हुन्छ न देशलाई नै । उनी देशको हितको नाममा अनेक तानाबाना बुन्न माहिर नेता हुन् । म यहि पार्टीमा छु, कुनै बेला गगन भनेपछि हुरुक्कै हुने म अहिले आएर सबै बुझे तर, सोचे जस्तो केहि होइन रहेछ । उनी त फटाहा रहेछन् ।

नेविसंघलाई घरमा गोप्य ढंगले बोलाएर आन्दोलनका कार्यक्रम हिंसात्मक हुन पर्छ । सरकारले हामीलाई देखेन भनेर निर्देशन दिने तर, पर्दा अगाडी भने नेविसंघ कै विरोध गर्ने ? उनको दम्भ तोड्न र कांग्रेसको निति तथा कार्यकर्ताको मनोविज्ञानलाई बुझेर काम गरुन भनेर कालो झण्डा देखाइएको हो । अरु केहि होइन । ती नेताले भने ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org