ताजा समाचार

संसदमा गृहमन्त्री थापाले निर्मला प्रकरणबारे प्रश्नको सामना गर्दै

काठमाडाैं  । संसदमा गृहमन्त्री रामबहादुर थापाले चर्चित कञ्चनपुरको निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणका विषयमा सांसदहरूको प्रश्नको सामना गर्ने भएका छन् ।

प्रतिनिधि सभाले बुधबार गृहमन्त्री थापासँगको प्रश्नोत्तर कार्यसूचीमा राखेको छ ।

कांग्रेस सांसद डिला संग्रौलाले ‘निर्मला पन्तको हत्यारा पक्राउ नपरेको’ विषयमा मौखिक प्रश्न दर्ता गराएकी थिइन् । सोही प्रश्नमाथि थापाले जवाफ दिन लागेका हुन् । तर सम्बन्धित विषयमा सांसदहरूले पुरक प्रश्न सोध्न पाउने व्यवस्था प्रतिनिधि सभा नियमावलीले गरेको छ ।

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा पनि सांसदहरूले गृहमन्त्रीलाई पुरक प्रश्न सोध्न पाउनेछन् । थापाले ती प्रश्नमाथि जवाफ दिनेछन् । संसद सचिवालयले बुधबार गृहमन्त्रीसँगै अर्थ, वन र महिला तथा बालबालिका मन्त्रालयका विषयमा सांसदहरूले दर्ता गराएको प्रश्नमाथि जवाफ दिने कार्यक्रम समेत राखेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org