ताजा समाचार

अन्ना हजारेले तोडे अनसन, के थियो गोविन्द केसीले लेखेको पत्रमा ?

नयाँ दिल्ली । भारतमा लोकआयुक्तको नियुक्तिलाई लिएर आमरण अनशनमा बसेका सामाजिक अभियन्ता अन्ना हजारेले सातौँ दिनमा अनसन तोडेका छन् । मंगलबार सातौँ दिन अन्नाले आफ्नो अनशन तोडेका हुन् ।

महाराष्ट्रको रालेगण सिद्धिमा अनशन गरिरहेका अन्नाले स्थानीय मुख्यमन्त्री देवेन्द फडणबीससँग कुराकानी गरेपछि सात दिन लामो अनशन तोडेका हुन् । फडणबीसले लोकपालको नियुक्तिको प्रक्रिया चाँडै शुरु गर्ने बताएका थिए ।

यसअघि अन्नालाई नेपालबाट डा. गोविन्द केसीले पत्र लेख्दै उनको आन्दोलनमा ऐक्यवद्धता जनाएका थिए ।

१६ औं अनसन फिर्ता लिएपछि त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्षमा उपचाररत रहेकाणे बेला केसीले लोकपाल ऐन अनुसार केन्द्रमा लोकपाल र हरेक राज्यमा लोकयुक्त नियुक्त गर्नुपर्ने माग गर्दै माघ १६ गतेदेखि हजारेले सुरु गरेको आन्दोलनमा ऐक्यवद्धता जनाएका थिए ।

भ्रष्टाचारविरुद्धको लडाईका लागि हजारेको माग धेरै महत्वपूर्ण रहेको भन्दै केसीले नेपाली नागरिकका लागि पनि यो लडाई अनुकरणीय रहेको बताएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org