ताजा समाचार

डिपिएल क्रिकेटः काठमाडौंलाई इस्लिङटन कलेजको साथ

काठमाडौँ । धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको तयारीमा रहेको काठमाडौं गोल्डेन्स टोलीलाई इस्लिङटन कलेजले एक वर्षको लागि प्रायोजन गरेको छ ।

यही माघ २६ देखि आगामी फागनु ११ गतेसम्म धनगढीको फाप्ला मैदानमा हुने तेस्रो संस्करणको उक्त प्रतियोगितामा सहभागी टोली काठमाडौंलाई इस्लिङटन कलेजले एक वर्षको लागि प्रायोजन गरेको हो । सम्झौताको रकम भने खुलाइएको छैन ।

कलेजका प्रमुख सुलभ बुढाथोकी र काठमाडौं टोलीका मालिक रमेश सिलवालले सम्झौतापत्रमा हस्ताक्षर गरे । यस सम्झौतासँगै काठमाडौँ गोल्डेन्स टोलीले अब काठमाडौं गोल्डेन्स इस्लिङटन कलेजको नामबाट डिपिएल खेल्नेछ ।

उक्त कार्यक्रममा प्रतियोगितामा सहभागिता जनाउन जाने खेलाडीको विदाई समेत गरियो । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको उक्त टोली साविक उपविजेता पनि हो । फाइनल खेलमा धनगढीले काठमाडौँलाई पराजित गरेको थियो ।

यस्तै काठमाडौंले विदेशी खेलाडीका रूपमा भारतीय ब्याट्सम्यान गौरव तामोर र अलराउन्डर अङ्कित दभासलाई समेत अनुबन्ध गरेको जनाएको छ । डिपिएलमा काठमाडौंसहित, रुपन्देही च्यालेन्जर्स विराटनगर किङस, धनगढी स्टार्स, सीवाईसी अत्तरीया र महेन्द्रनगर युनाईटेडले प्रतिस्पर्धा गर्नेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org