ताजा समाचार

प्रधानमन्त्री कार्यालयमा बुझाएपनि मन्त्रीहरुको सम्पत्ति विवरण गोप्य !

काठमाडाैं । नयाँ आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था भएपनि सरकारले ७ महिनासम्म गोप्य राखेको छ ।

मन्त्रीहरुले भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्पत्ति विवरण बुझाइसकेका छन् ।

गत वर्ष सम्पत्ति विवरण सार्वजनिक गरेपछि केही मन्त्रीहरुको आलोचना भएको थियो । उनीहरुको आर्थिक स्रोतमै प्र्रश्न उठेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोद कुँवरले मन्त्रीहरुले सम्पत्ति सार्वजनिक गर्ने भएकाले आफू अनभिज्ञ रहेको तथा धेरै बोल्न नसक्ने बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org