ताजा समाचार

यी तीन राजदूतको सपथ सम्पन्न !

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन राजदूतलाई आज पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज बिहान आयोजित विशेष समारोहमा उनले संयुक्त राष्ट्रसङ्घ न्यूयोर्कका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई तथा सोही विश्वसंस्थाको जेनेभाका लागि स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईलाई शपथ गराइन् ।

राष्ट्रपतिले इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यलाई पनि पद तथा गोपनीयताको शपथ गराइन ।

त्यसअवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव शङ्करदाश वैरागी, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org