ताजा समाचार

रक्षामन्त्री पोखरेल प्रचण्डतर्फ इसारा गर्दै भन्छन्, सन्की र उन्मादमा चल्न चाहनेलाई नेतृत्वमा पुग्नै दिनुहुन्न !

काठमाडाैं । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले प्रचण्डलाई भेनेजुएला प्रकरणबारे कडा जवाफ फर्काएका छन् ।

भेनेजुएला प्रकरणबारे अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच चलेको जुहारीलाई मत्थर पार्न उनीहरु वालुवाटारमा भेला भएपनि रक्षामन्त्री पोखरेलले भने प्रचण्डलाई सवक सिकाउने तरिकाले फेसबुक वालमा लामो स्टाटस लेख्दै कडा जवाफ फर्काएका छन् ।

पार्टी एकताबारे गम्भीर छलफल नभएर हतारमा एकता निर्णय भएको भन्दै नेतृत्वबारे नै बहस हुनुपर्ने भन्दै प्रचण्डमाथि घुमाउरो पारालर जवाफ फर्काएका हुन् । प्रचण्डले काठमाडाैंमा आतोजित एक पुस्तक विमोचन समारोहमा बोल्दै माओवादी आन्दोलन र यसका विरुद्ध षडयन्त्र भए अर्को माओवादी जन्मने भन्दै कडा अभिव्यक्ति दिएपछि पोखरेलको यस्तो जवाफ आएको हो ।

तर, ओली प्रचण्ड भने विवाद बढाए भन्दा यसलाई मत्थर पार्न भन्दै वालुवाटारमा भेटवार्ता गरेका छन् । उनीहरुकाबीच एकले अर्कोलाई आरोप प्रत्यारोप गर्नु भन्दा सच्चिइर अगाडि बढ्न सहमति गरेको स्रोतको दावी छ । तर, पोखरेलले यसरी बोल्दै गर्दा उनको बोलीमा प्रधानमन्त्री ओलीको गन्ध मिसिएको भन्ने पूर्वमाओवादीहरुको विश्लेषण रहेको स्रोतको दावी छ ।

पोखरेलले प्रचण्डमाथि इसारा गर्दै फेसबुकमा लेखेका छन्, कम्युनिष्ट पार्टीको नेतृत्व जनतामा परिचीत, स्थापित र स्विकृत पात्रहरू नै हुन् र हुनुपर्छ । तिरस्कृत पात्रहरू नेतृत्वमा आउनै हुँदैन – ल्याइनै हुँदैन । अझ , शनक र उन्मादमा चल्न चाहने वा रमाउनेहरूलाई त यो ठाउँमा सर्वथा पुर्याउनै हुन्न ।

उनले प्रचण्डलाई सन्कीको संज्ञा दिदै यस्ता पात्रलाई नेतृत्वमा ल्याइए दुर्घटना निम्तिन सक्मे भन्दै विवादीत अभिव्यक्ति दिएका छन् ।

हेर्नुहोस उनले फेसबुकमा के लेखेः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org