ताजा समाचार

रक्षामन्त्री पोखरेलपछि प्रचण्डलाई भीम रावलको चेतावनी, के एक्लिएकै हुन त प्रचण्ड ?

काठमाडाैं । नेकपाका प्रभावशाली नेता तथा सुदुरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले पार्टीमा विवादका श्रृङखला बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

प्रचण्डलाई इङ्गित गर्दै सरकारबारे सार्वजनिक रुपमा टिका टिप्पणी गर्दा पार्टी नै विभाजनमा पुगेको तितो यथार्त भएको हुनाले संयमित हुन आग्रह गरेका छन् । नेता रावलले विवाद भन्दा बैठकबाट विवाद टुंग्याउने र पार्टी एकीकरणको काम पुरा गरे फाइदा हुने जनाएका छन् ।

उनले सामाजिक संजाल ट्विटरमा एक ट्विट गर्दै लेखेका छन, ‘विगतमा कुनै देश र सरकार विशेषबारे सार्वजनिक रूपमा धेरै विवाद गर्दा कम्युनिष्ट पार्टीमा विभाजन समेत आएको स्मरण गर्दै संयमित भएर विधि र बैठकबाट विवाद टुंग्याउनु र पार्टी एकीकरणको काम अविलम्व पूरा गर्नु बुध्दिमानी कार्य ठहरिने छ ।’

प्रचण्डका विरुद्ध अभिव्यक्ति दिने पूर्वएमालेका नेता मध्ये उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलपछि उनी दोश्रो नेता भएका छन् । तर, पूर्वमाओवादीका कुनैपनि नेताले प्रचण्डको पक्ष र प्रधानमन्त्री ओलीको विपक्षमा सार्वजनिक अभिव्यक्ति दिएका छैनन् । म

पूर्वएमालेका नेताहरुले प्रचण्डको अभिव्यक्तिमाथि कडा जवाफ फर्काउदै गएपनि पूर्वमाओवादीका नेताहरु भने चुप बसेका छन् । प्रचण्डमाथि माथिल्लो तहका नेताहरुले घुमाउरो टिप्प|णी गर्दा समेत पूर्वमाओवादीका नेता कार्यकर्ता माैन बस्नुले उनीहरुमाथि शंकाको वातावरण सिर्जना भएको प्रचण्ड निकट स्रोतको दावी छ ।

रावलको ट्विट जस्ताको तस्तैः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org