ताजा समाचार

रुपन्देही च्यालेन्जर्ससको दोस्रो जित

काठमाडौं ।

धनगढी प्रिमियर लिग डिपीएलमा रुपन्देही च्यालेन्जर्ससले आफ्नो दोस्रो जित दर्ता गरेको छ । मंगलबार भएको दोस्रो खेलमा विराटनगर किंग्सलाई पाँच विकेटले पराजित गर्दै रुपन्देहीले दोस्रो जित दर्ता गरेको हो ।

९४ रनको सामान्य चुनौती पछ्याएको रुपन्देहीले १३.१ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

यसअघि जितेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९३ रनको झिनो स्कोर मात्रै बनाउन सक्यो । नाए ।

आफ्नो पहिलो खेलमा रुपन्देहीले महेन्द्रनगर युनाइटेडलाई दुई रनले पराजित गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org