ताजा समाचार

हात खुट्टा दुख्ने, टाउको दुख्ने र पातलो सिगान बग्छ भने अपनाउनुस यस्तो उपाए !

काठमाडाैं । देशैभर आएको माैसम परिवर्तनका कारण भाइरल रोगको समक्रमण बढ्न थालेको इपिडिमियोलोजी महाशाखा तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

सामान्यतया अहिले मानिसलाई हात खुट्टा दुख्ने, पातलो सिगान बग्ने, टाउको दुख्ने र निद्रा नलाग्ने हुनुका साथै छटपटी हुने लक्षण देखा परेको इपिडिमियोलोजी महाशाखाले जनाएको छ ।

माैसममा आएको परिवर्तनका कारण एक्कासी मानिसमा यो संक्रमण सर्ने हुनाले बाहिर निस्किदा मास्कको प्रयोग गर्न महाशाखाले सुझाव दिएको छ ।

रोगको संक्रमणबाट बच्न उमालेको पानी पिउने, नियमित व्यायाम गर्ने, खआनेकुरा राम्ररी पखालेर मात्र खाने र कतै निस्किदा मास्कको प्रयोग अनिवार्य गरे बच्न सकिने महाशाखाले जनाएको हो । यसका साथै अवस्था जटिल बन्नु बन्दा पहिले नै नजिकको अस्पतालमा गएर उपचार लिन समेत महाशाखाले आग्रह गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org