ताजा समाचार

महिला टी–२० विश्वकप क्रिकेट छनोटः नेपाली टोलीको घोषणा (सूचीसहित)

थाइल्याण्ड टी—२० ब्लिजमा सहभागि भएको टोलीमा एक सदस्यलाई फेरबदल गर्दै आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटका लागि नेपाली टिमको घोषणा गरिएको छ । घोषणा भएको टोलीमा डल्ली भट्टको स्थानमा अप्सरी बेगमलाइृ टीममा राखिएको छ ।

यही १८ तारिख देखि सुरु हुने प्रतियोगिताका लागि नेपाली टिम दुई दिन अगाडि थाइल्याण्ड प्रस्थान गर्नेछ । नेपालले पहिलो खेल मलेसिया विरुद्ध १९ फेब्रुअरीमा खेल्ने छ ।

विनोद दासको प्रशिक्षणमा रहेको नेपाली टिम रुविना क्षेत्रीको कप्तानीमा हुने छ ।

टीमका अरु सदस्यहरु यसप्रकार छन् ।

सीता रानामगर (उपकप्तान)
करुणा भण्डारी
सरिता मगर
नेरी थापा
इन्दु बर्मा
सोनु खड्का
आरती विडारी
काजल श्रेष्ठ
रोमा थापा
कविता कुवँर
ममताकुमारी चौधरी
विन्दु रावल

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org