ताजा समाचार

बिग बास लिगः फाइनलमा सन्दिपको टीम १३ रनले पराजित

बिग बास लिगको फाइनलमा सन्दिपको मेलवर्न स्टार्स १३ रनले पराजित भएको छ । फाइनलमा केही बेरअघि सकिएको खेलमा मेलवर्न रेनिगेट्ससँग सन्दीपको टीम १३ रनले पराजित भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको रेनेगेट्सले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो । १ सय ४६ रनको लक्ष्य पच्छ्याएको सन्दीपको टीम स्टार्सले पुरै ओभर खेल्दै ७ विकेटको क्षतिमा १ सय ३२ रन मात्रै बनाउन सक्यो ।

बलिङ तर्फ सन्दीपले उत्कृष्ट प्रदर्शन गरेपनि विकेट भने लिन सकेनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org