ताजा समाचार

डिपिएलः रुपन्देही च्यालेन्जर्स प्लेअफमा प्रवेश

काठमाडौं ।

रुपन्देही च्यालेन्जर्स धनगढी प्रिमियर लिग (डिपिएल) टी—ट्वेन्टी प्रतियोगिताको प्लेअफमा पुगेको छ । सोमबार भएको पहिलो खेलमा धनगढी स्टार्सलाई ३९ रनले पराजित गर्दै रुपन्देही प्लेअफमा पुगेको हो ।

१५ ओभरमा झारिको खेलमा रुपन्देही १५ ओभरमा १ सय ६ रनमा अलआउट भयो। १ सय ७ रनको लक्ष्य पछ्याएको धनगढी १४ ओभरमा ६७ रनमै अलआउट भयो।

धनगढीका लागि पवन सराफले १९बलमा १५ रन जोडे। सन्दीप रजालीले १० रन र कप्तान सोमपाल कामीले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्। बलिङमा रुपन्देहीका ललित भण्डारीले ३ विकेट लिए। विक्रम शोवले २ विकेट लिँदा भीम सार्की, कप्तान भीम सार्की र पुनित महेराले १–१ विकेट आफ्नो नाममा लेखाए।

त्यसअघि पहिले ब्याटिङ गरेको रुपन्देहीका लागि सुमित महर्जनले २४ बलमा ३३ रन र विनोद भण्डारीले २५ बलमा २४ रनको योगदान दिए। बाबर हायतले १० बलमा १ चौका र २ छक्काको मद्दतमा १९ रन जोडेका थिए। बलिङमा धनगढीका सोमपाल कामी, पवन सराफ र विपिन खत्रीले २–२ विकेट हात पारे। अमिर हायत र रोहान मुस्ताफाको नाममा १–१ विकेट रह्यो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org