ताजा समाचार

महिला टी—२०ः नेपालको विजयी सुरुवात

काठमाडौं ।

आइसीसी महिला टी —२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । मंगलबार भएको पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको छ । नेपालले दिएको १ सय २७ रनको लक्ष्य पछ्याउने क्रममा मलेसिया ९२ रनभित्र समेटिएको थियो ।

टस जितेको नेपालले पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २६ रन बनाएको थियो । नेपालका लागि सीता राना मगरले नेपालका लागि सर्वाधिक ४२ रन बनाइन् । काजल श्रेष्ठले १६ रन बनाएर आउट भइन् ।
कप्तान रुबिना चौधरीले आक्रामक पारी खेल्दै २५ बलमा अविजित ३३ रन बनाउँदै नेपालको इनिङ उकासिन् । उनको इनिङमा पनि ३ चौका सामेल थिए । यसैगरी इन्दु बर्माले १४ बलमा १३ रन बनाइन् । भेट्रान नेरी थापा १३ बलमा ६ रन बनाएर रनआउट भइन् ।

मलेसियाका लागि दुराइसिंगम, शाशा आज्मी र जुमिका आज्मीले १-१ विकेट बाँडेका थिए । यसैगरी नेपाली बलरहरुले कसिलो बलिङ गरेपछि मलेसियाका ब्याट्सउमनहरु विकेटमा टिक्न सकेनन् । नेपालका लागि करुणा भण्डारी र सरिता मगरले २-२ विकेट बाँडेका थिए । यस्तै सिता रानामगर र कविता कुँवरले १-१ विकेट बाँडे ।

मलेसियाका लागि क्रिस्टिना बारेले सर्वाधिक २१ रन बनाइन् । मलेसियाका तीन ब्याट्सउमनले मात्र दोहोरो अंकमा रन बटुलेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org