ताजा समाचार

भारतीयलाई मुस्लिम आयोगको अध्यक्ष बनाउन तम्सेका प्रमले पशुपति शर्मालाई भने गीत जनताले मन नपराएपछि फालेछन् !

काठमाडाैं । ‘लुट्न सके लुट कान्छा’ गीत गाएपछि विवादीत बनेका लोक गायक पशुपति शर्मालाई प्रधानमन्त्री केपी शर्मा ओलीले व्यङ्ग्यात्मक शैलीमा कडा जवाफ फर्काएका छन् ।

सुदुरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले जनताले नरूचाएपछि गायक शर्माले नै त्यो गीत युट्युबाट हटाएको दाबी गरेका छन् ।

‘हामी नचाहिने कुरामा उत्ताउलो हुन्छौं। एउटाले भुलचुकमा गीत बनायो रे कता हो कता । लुट, लुट । गरी खाएर केही काम लाग्दैन। लुटेर खा भाइ लुटेर खा भनेर गीत बनाएछन्,’ प्रधानमन्त्रीले भने, ‘ जनताले तिम्रो गीत मन पराएनौं भनेपछि युट्युबबाट हटाएछन्।’

‘त्यस्तो राम्रो लुटेर खान सिकाउने गीत नेपालीलाई सुहाउँदो, किन हटाएको भनेर राख्नुपर्छ भनेछन्। हाम्रो त बाटै त्यही २५ हजार पुरस्कार दिन्छु भनछन्। मलाई अचम्म लाग्छ- हामी कता जान खोज्दैछौं,’ कांग्रेस सांसद अमरेश कुमार सिंहलाई कटाक्ष गर्दै प्रधानमन्त्रीले भने।

‘त्यो गीतमा सरकारले केही भनेको छैन। सरकारले भनाइ सुबाटौंमा हिँड्यौं भन्नेमात्र हो ।

तर, प्रधानमन्त्री ओलीले मुस्लिम आयोगमा प्रस्तावित अध्यक्ष समिम मियाँ अन्सारी (बब्लु) को नागरिकता भारतीय भएकोथाहा पाएपनि कुनै टिप्पणी गरेनन् । केहि वर्ष पहिले बब्लु राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्यमा समेत नियुक्त भएका थिए ।

अहिले सर्वसाधारणले प्रधानमन्त्री ओलीलाई देश जोगाउने काममा लाग्न अनुरोध गरेका छन् । देशमा गैर नागरिकले हालुमुहाली गर्न खोज्दा देशको कलाकारलाई बेइज्जत गर्नु अत्यन्तै लज्जाको विषय भएको टिप्पणी समेत हुन थालेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org