ताजा समाचार

नेपाली कांग्रेस कोइरालाहरुको बपाैती होइन, होस गरेर बोल्नुस कारवाही गर्छुः सभापति देउवा

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोइराला परिवारको नाममा जथाभावी गर्न खोजेको भन्दै नेता शैखर कोइरालामाथि कारवाहि गर्ने चेतावनी दिएका छन् ।

सभापति देउवाले नेता शेखर कोइरालाको नामै किटेर के छ पार्टीमा उनको हैसियत भनेर प्रश्न समेत गरेका छन् ।

पछिल्लो समय कोइराला परिवारका तीन सदस्य महामन्त्री शशांक र केन्द्रीय सदस्यद्वय शेखर र सुजाता कोइरालाले आफूहरु एक भएको र एक जना सभापतिमा लड्ने बताउँदै आएका छन् । शनिबार वीरगञ्जमा जीपी कोइराला फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा तीनै जना उपस्थित थिए ।

लामो समय माैन रहेका देउवाले अनुसासन आयोग बनाउने कुरा जोड्दै गर्दा भने, यसरी मनोमानी गर्न खोजिएर पार्टीको भविष्यलाई डामाडोल पार्ने खालका अभिव्यक्ति दिदै जाने हो भने कारवाही हुन्छ भनेर कडा प्रहार गरेका हुन् ।

बुधबार वीरगञ्जमा पर्सा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवाले पार्टी कोइराला परिवारको बपौती नभएको भन्दै यस्तो जनाएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org