ताजा समाचार

कुनैपनि निर्णय नगरि सकियो नेकपाको बैठक

काठमाडौं ।

सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवलय र पार्टी एकता कार्यदलको बैठक संयुक्त बैठक  कुनै निर्णय नगरी सकिएको छ । बैठकमा तल्ला कमिटी एकता गर्न गठित ९ सदस्यीय कार्यदलले प्रतिवेदनलाई अन्तिम रुप दिन एक साताको समय मागेको छ ।

कार्यदलको कुरा सुनिएको र थप समय दिने वा बाँकी काम सचिवालयले नै गर्ने भन्ने निर्णय भोलिको सचिवालय बैठकले गर्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेकपा सचिवालयको आजको बैठकमा कार्यदलका संयोजक तथा सदस्यहरुलाई छलफलका लागि बोलाइएको थियो । बैठकमा कार्यदलले एक साताको समय मागेको र एक सातामा सुझाव र सिफारिससहित अन्तिम प्रतिवेदन तयार गर्ने प्रतिबद्धता व्यक्त गरेको कार्यदलका सदस्य योगेश भट्टराईले जानकारी दिए ।

बैठक भोलि बिहान ९ बजे बस्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org