ताजा समाचार

दोस्रो खेलमा नेपाल ५७ रनले पराजित

काठमाडौं । आईसीसी उमन्स टि—२० वर्ल्डकप एसिया रिजन क्वालिफायरमा आफ्नो दोस्रो खेलमा नेपाल आयोजक राष्ट्र थाइल्यान्डसँग पराजित भएको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको थाइल्यान्डले नेपाललाई एक सय २४ रनबनाएको थियो । १ सय २५ रनको चुनौती पच्छ्याउने क्रममा नेपाली ब्याट्सवुमनहरु थाइल्यान्डको बलिङसामु टिक्न सकेनन् र ५७ रनको पराजय ब्यहो¥यो

८ विकेटको क्षतिमा नेपालले ६७ रन मात्र जोड्न सक्यो । खराब सुरुवात गरेको नेपालले ८ रन जोड्न ३ विकेट गुमाइसकेको थियो ।

नेपालका लागि इन्दु बर्माले सर्वाधिक ४४ बलमा २९ रन बनाइन् । त्यसैगरी सीता रानामगरले ३४ बलमा १८ रन जोडिन् । अन्य ब्याट्सवुमनले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

बलिङतर्फ नेपालका कविता कुँवर र नेरी थापाले दुई(दुई विकेट लिएका थिए । रुविना चौधरी र करुणा भन्डारीले १—१ विकेट लिए । थाइल्यान्डका लागि मध्यक्रमका ब्याट्सउमनहरुले राम्रो प्रदर्शन गरे । सुथिरुवाङले सर्वाधिक ३५ रनको योगदान दिइन् ।

पहिलो म्याचमा मलेसियाविरुद्ध सहज जित निकालेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org