ताजा समाचार

ग्लोबल आइएमईको ऋणपत्रमा सबैभन्दा उच्च ब्याजदर, फागुन १५ देखि आवेदन दिन पाइने

ग्लोबल आइएमई बैंकले सर्वाधिक ब्याजदर सहितको ऋणपत्र निष्कासन गरेको छ । १५ गतेदेखि खरिद गर्न सकिने ऋणपत्रमा १०.२५ प्रतिशत सम्मको ब्याजदर कायम गरिएको छ । बैंकले जारी गरेको ऋणपत्रमा बजारमा उपलब्ध अन्य ऋणपत्रमध्ये सबैभन्दा बढि ब्याजदर रहेको छ ।

बैंकले फागुन १५ गतेदेखि खरिद गर्न सकिने गरि १५ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । ५ वर्षमा परिपक्क हुने कुल १५ लाख कित्ता ऋणपत्रमध्ये ५ लाख ९७ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् भने ३ हजार कित्ता सामुहिक लगानी कोषका लागि र बाँकी ९ लाख कित्ता संस्थागत लगानीकर्ताको लागि छुट्याइएको बैंकले जनाएको छ ।

सर्वसाधारण लगानीकर्तातर्फ प्रतिकित्ता १ हजार रुपैयाँका दरले न्यूनतम २५ देखि ७५ हजार कित्तासम्म आवेदन दिन सकिने छ भने संस्थागत लगानीकर्ताको लागि अधिकतम लगानी सिमा लागू हुनेछैन । सी–आस्वाको माध्यमबाट फागुन १५ गते देखि फागुन १९ गतेसम्म आवेदन दिन सकिने ऋणपत्रमा उक्त अवधिभित्र आवश्यक मात्रामा बिक्री नभएमा चैत्र १४ गते सम्म पनि आवेदन दिन सकिने बैंकले जनाएको छ ।

अर्धवार्षिक रुपमा ग्लोबल आइएमई बैंकका जुनसुकै शाखामार्फत् ब्याज भुक्तानी लिन सकिने र लगानीकर्ताले आवश्यकता परेको खण्डमा सोही ऋणपत्र धितोमा राखेर अन्य कुनै पनि बैंकबाट कर्जा लिन सक्नेछन् ।

ऋणपत्र फारम ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखा कार्यालयका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तिय संस्था र ती संस्थाका तोकिएका शाखा कार्यालयबाट निःशुल्क प्राप्त गर्न सकिनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org