ताजा समाचार

देउवाका विरुद्ध गगन थापाले दिए यस्तो दनक, पार्टीमा भाग खोज्न कोइराला परिवारको शरणमा !

काठमाडाैं । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी सभापति शेरबहादुर देउवा विरुद्ध कडा अभिव्यक्तिलाई साथ दिएका छन् ।

नेता थापाले आफ्नो ट्विटरमा एक पोस्ट रिट्विट गर्दै ‘ म सभापति योग्य छु’ भनेर ‘जथाभावी’ बोल्ने अधिकार निवर्तमान सभापतिलाई मात्र छ भन्ने किसिमको नयाँ वैधानिक व्यवस्था भइसकेको होर कांग्रेसमा भन्दै देउवाप्रति आक्रोस व्यक्त गरेका हुन् ।

देउवाले हिजो मात्रै पार्टी लाइनका विरुद्ध बोलेको भन्दै शेखर कोइरालालाई कारवाही गर्ने चेतावनी दिएका थिए । तर, नेता कोइरालाले भने यसको प्रतिवाद नगर्ने जनाइसकेका छन् ।

यद्यपी नेता थापाले भने देउवाको चरित्रमाथि नै प्रश्न उठाउदै यस्तो किसिमको ट्विटलाई रिट्विट गरेपछि कांग्रेसमा खलबल मच्चिएको छ ।

पार्टी नेतृत्व नै लिन तयार रहेको भन्दै आएका थापाले कोइराला परिवारलाई कसरी सपोर्ट गर्न पुगे भन्नेबारे कांग्रेसका एक नेता भन्छन्, थापा जी पनि पार लाग्ने नदेखेपछि लत्रिदै कोइराला कित्तामा पुग्नुभएको हो । आफैले नेतृत्व लिन्छु भन्नु र कांग्रेसमा नेतृत्व लिनु फरक कुरा हो । अहिले आएर उहाँले यस्ता कुरा बुझ्नु भो क्यार घर बनाउने कोसिस गर्दै हुनुन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org