ताजा समाचार

जन्मदिन मनाउने खर्च काटेर अखिल क्रान्तिकारी नेताले गरे वालवालिकालाई शैक्षिक सामाग्री वितरण !

काठमाडाैं । अखिल क्रान्तिकारीका रामेछाप जिल्ला नेता सन्तोष चाैहानले जन्मदिनको खर्च कटाएर विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका छन् ।

२६ आैं वर्षमा प्रवेश गर्दै गर्दा उनले जन्मदिन मनाउन गरिने सम्पूर्ण खर्च कटाैति गरेर विद्यालयका वालवालिकालाई कापी कलम लगायतका शैक्षिक सामाग्री वितरण गरेका हुन् । रामेछापको मन्थली नगरपालिकाको वडा नं १३ मा रहेको मावि हर्रे सिन्देका २ सय वालवालिकालाई शैक्षिक सामाग्री वितरण गरेको नेता चाैहानले जनाएका छन् ।

विद्यार्थी आन्दोलनमा लाग्ने क्रममा विद्यार्थीका समस्या समाधान गर्न पहल थाल्दै आएका नेता चाैहानले देखावटी रुपमा जन्मदिन मनाएर अनावश्यक खर्च गर्नु भन्दा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्न पाउदा खुशी लागेको जनाए ।

शैक्षिक सामाग्री वितरण कार्यक्रममा विद्यालका शिक्षक, विद्यार्थी, स्थानियको उपस्थिति रहेको थियो भने साहित्यकार माधव सयपत्रीले कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गरेका थिए ।

कार्यक्रमको क्रममा बोल्दै साहित्यकार सयपत्रीले चाैहानको यस्तो कार्य अत्यन्तै गर्व गर्न लायक रहेको भन्दै खुशी व्यक्त गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org