ताजा समाचार

महिला फटबल टोली चयन, हेर्नुहोस् को को परे टिममा ?

काठमाडाैं । आठौँ राष्ट्रिय खेलकूदका लागि प्रदेश नं २ को महिला फुटबल टोलीको आज चयन गरिएको छ ।

रौतहट र पर्साबाट समान सात÷सात, बाराबाट दुई तथा धनुषा र सर्लाहीबाट समान एक÷एक खेलाडी गरी १८ सदस्यीय टोलीको चयन गरिएको छनोट आयोजक मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।

छनोट हुनेमा रौतहटबाट सुजिता लामा, विनिता ठोकर, रजनी ठोकर, दिलकुमारी राना मगर, मेनुका नगरकोटी, सजनी ठोकर र सरु वाइबा, पर्साबाट सपना बस्नेत, रोशनी लिम्बू, एलिना राना मगर, सुनिताकुमारी तामाङ, शान्तिमाया गुम्बा, सानु मैनाली र इशा थापा मगर, बाराबाट विमनिभा तामाङ र प्रियङ्का गुरुङ, धनुषाबाट उमा गुरुङ तथा सर्लाहीबाट रोशनी श्रेष्ठ छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org