ताजा समाचार

बञ्चरोले काटिएको श्रीमतीको टाउको लिएर श्रीमान् नै थाना पुगेपछि…

बिबिसी । भारतको मध्यप्रदेशको मुरैना जिल्लामा एक व्यक्तिले श्रीमतीको हत्या गरेपछि काटिएको टाउको लिएर थाना पुगेका छन् । घटना बुधबारको हो ।

मुरैनाका पुलिस अधिकारीले यसबारे पुष्टि गरेका हुन् । पुलिस अधिकारी रियाज इकबालले भने, ‘घटना बुधबारको हो । कल्याण शाक्यवार आफ्नी श्रीमतीको टाउको काटेर थाना पुगेका थिए । उनले आफ्नी श्रीमती पंकजको हत्या गरेको हामीलाई बताए । ’

उनलाई तुरुन्त पक्राउ गरेर घटनाबारे अनुसन्धान गरिएको छ । उनी बसेको गाउँमा पुलिसले छानबीन गरिरहेको इकबालले जानकारी दिए ।

श्रीमतीको अर्कैसँग सम्बन्ध भएको शंकामा आफूले श्रीमतीको हत्या गरेको कल्याणले पुलिसलाई बताएका छन् ।

स्थानीयलाई उद्धृत गर्दै पुलिसले उनीहरुको दैनिक जसो झगडा हुने गरेको बताए । पुलिसले भने, ‘बुधबार पनि दुईजना बीच झगडा भयो । विवाद यति बढ्यो कि कल्याणले पंकजको टाउको बञ्चरोले काटिदिए ।’

उनीहरुको विवाह भएको १० वर्ष भइसकेको थियो । यी दुईका तीन सन्तान पनि छन् ।

पुलिसका अनुसार पंकजको हत्या गरेपछि कल्याण उनको टाउको हातमा लिएर महुआ थाना पुगेका थिए । हातमा महिलाको टाउको देखेर सबै डराए । कल्याणलाई त्यसपछि पक्राउ गरियो ।
पुलिसका अनुसार घटनाका बेला उनीहरुका सात वर्षका जेठो छोरा घरमा थिए ।

पुलिसले शवलाई पोष्टमार्टमका लागि पठाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org