ताजा समाचार

खानेपानी मन्त्री बिनाले सांसदका प्रश्न सामना गर्ने, सचिव सरुवाबारे चर्काचर्की हुँदै !

काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री विना मगर सांसदहरुको प्रश्नको जवाफ दिन आज संसद्मा प्रस्तुत हुने भएकी छन् । मन्त्रालयसँग सम्बन्धित कामबारे सांसदहरुमा उत्पन्न प्रश्नको जवाफ दिन संसदले सुरु गरेको प्रश्नोत्तर सत्रमा मन्त्री मगर उपस्थित हुन लागेकी हुन् ।

संघीय संसद् सचिवालयले दिउँसो १ बजे बस्ने बैठकमा मन्त्री मगरले सम्हालेको मन्त्रालयसँग सम्बन्धित विषयमा सांसद्ले प्रश्न राख्ने र मन्त्रीले त्यसको जवाफ दिने कार्यक्रम तय भएको जनाएको छ ।

खानेपानी मन्त्रालय पछिल्लो समय मेलम्ची खानेपानी आयोजना र सचिव गजेन्द्र ठाकुरको सरुवाले चर्चामा छ । शुक्रबारका लागि तय गरिएको प्रश्नोत्तर श्रृंखलामा सांसद्हरुले यही विषयबारे जिज्ञासा राख्ने अनुमान गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org