ताजा समाचार

काठमाडौं गोल्डेन्सले डीपीएल बहिस्कार गर्‍यो

काठमाडौं गोल्डेन्सले धनगढी प्रिमियर लिग डीपीएल बहिस्कार गरेको छ । अंकित दवासलाई आयोजकले बलिङमा प्रतिबन्ध लगाएपछि काठमाडौंले महेन्द्रनगर युनाइटेडसँग आज हुने दोस्रो क्वालिफायर्स बहिस्कार गरेको हो ।

भारतीय खेलाडी अकिंत दवासमाथि बलिङमा प्रतिवन्ध लगाएपछि डिपिएलको क्वालिफायर बहिस्कार गरेको काठमाडौं गोल्डेन्सका मालिक रमेश सिलवालले जानकारी दिए ।

डिपिएलमा काठमाडौंबाट खेलिरहेका दवासले ५ खेलमा १ सय ५३ रन बनाउनुका साथै ६ विकेट लिएका छन् । नियमविपरीत बलिङ गरेको भन्दै दवासलाई डिपिएलमा प्रतिबन्ध लागेपछि काठमाडौं आयोजकसँग रुष्ट बनेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org