ताजा समाचार

नेपालले पायो ६२ रनको लक्ष्य

काठमाडौं । आइसीसी महिला विश्वकप अन्तर्गत हङकङले नेपाललाई ६३ रनको लक्ष्य दिएको छ । नेपालकालाथि नेरी थापा एक्लैले ६ विकेट लिएपछि हङकङले ६२ रन मात्रै बनाउन सक्यो ।

एशियन इन्ष्टिच्युट अफ टेक्नोलोजीको मैदानमा हङकङका लागि मरिनाले १९ रन बनाइन् । यसमिन दासवानीले १६ तथा बेला पोनले ११ रन जोडिन् । हङकङका ६ खेलाडीले सस्तैमा समेट्न नेपालकी नेरी थापाले ६ विकेट लिइन् । ४ ओभर बलिङ गरेकी नेरीले ८ रनमात्र खर्चिएकी थिइन् । उपकप्तान सिता रानामगरले २ विकेट लिइन् ।

६३ रनको लक्ष्य पाएको नेपालले अहिले जवाफी ब्याटिङ गर्दैछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org