ताजा समाचार

आज तपाईँको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल !

वि.सं.२०७५ साल फाल्गुन १३ गते । सोमबार । ईश्वी सन् २०१९ फेब्रुवरी २५ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाग्गुन कृष्ण पक्ष । तिथि षष्ठि,११ घडी ०८ पला,बिहान १० बजेर ५३ मिनेट उप्रान्त सप्तमी । नक्षत्र विशाखा,५२ घडी ४८ पला । योग ध्रुव,२७ घडि १६ पला,बेलुकी ०५ बजेर २० मिनेट उप्रान्त व्याघात । करण वणिज,बिहान १० बजेर ५३ मिनेट उप्रान्त भद्रा,बेलुकी १० बजेर ३१ मिनेट उप्रान्त बव । आनन्दादिमा मित्र योग । चन्द्रराशि तुला,बेलुकी ०९ बजेर ३१ मिनेट उप्रान्त बृश्चिक ।

काठमाडौंमा सूर्योदय ०६ बजेर ३५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०१ मिनेट । दिनमान २८ घडी ३४ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु पढाउँन सकिनेछ । भौतिक सम्पति तथा मानव निर्मित वस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ । लामो समय देखि भेट नभएका मित्रहरु सँग भेट हुनेछ । माया प्रेममा आत्मियताको बढोत्तरि हुनेछ भने रमाईलो यात्राको तय हुनेछ । पढाई लेखाईमा सफलता हात लाग्नेछ भने गुरुहरुको राम्रो सहयोग पाईने हुँदा गन्तब्य पहिल्याउँन सहज हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) साना तिना काममा समय व्यातित हुदा महत्वपुर्ण कामहरु थाति रहनेछन् । विवाद तथा प्रतिष्पर्धामा सामेल नहुनु होला समय मध्ययम रहेकोछ । काम गर्दा ख्याल गर्नुहोला काम बिग्रने तथा आलोचना गर्नेहरु प्रशस्त भेटिनेछ । प्रेमम एक अर्कालाई बिश्वास गर्न नसक्दा टाडिनु पर्ने बाध्यता आउन सक्छ । न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउने हुनाले केहि दिनको लागि पछि सार्नु उपयूक्त हुनेछ । पढाई लेखाईमा समय दिएपनि भनेजस्तो आउने छैन ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पढाई लेखाईमा ध्यान जानेछ भने शिक्षा सँग सम्बन्धित व्यापार व्यावसायमा लगानि गरि प्रसस्त आम्दानि गर्न सकिनेछ । माया प्रेमका कोपिला फक्रनेछ भने छोरा छोरिको काम देखि प्रशन्न हुने समय रहेकोछ । शेयर बजारमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउन सकिनेछ भने चिठ्ठा पर्ने अधिक सम्भावना रहेकोछ । समुदायको हितको काम गरि समाजमा नाम कमाउन सकिनेछ । बौद्धिकताको प्रयोग गरि बिशिष्ट व्याक्तिहरुलाई बसमा पार्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समाजसेवामा समय व्यातित हुनेछ भने आफ्नो काम थाति रहनेछ । कृषि तथा पशुपालनमा गरिएको लगानिबाट मनग्गे आम्दानि हुनेछ । अध्ययन तथा अनुशन्धानबाट सकारात्मक नतिजा हात लाग्नेछ । आमा वा आमा सरहका मानिससँग अलग्गिएर लामो यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिचको सम्बन्धमा थप बिश्वास थपिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यावसायमा लगानि गरेपनि आम्दानि थोरै हुँने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । माया प्रेममा धोका हुनेछ भने परिवारमा झै झगडा हुँने सम्भावना अधिक रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँनेछ । बिद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ । समयमा काम नबन्ने हुँदा मनमा निरासा पैदा हुनेछ । दाजुभाई तथा छिमेकिसँगको सम्बन्धमा गिरावट आउँनेछ । यात्रा गर्दा ध्यान दिनुहोला गन्तब्यमा पुग्न केहि कठिनाईको सामना गर्नुपर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अध्ययनमा अभिरुचि बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुँनेछन् । आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धिमुलक कामहरु समयमा नै सम्पन्न हुँनेछन् । होटल तथा रेष्टुरेन्ट व्यावसायमा समय खर्चिने हरुले प्रशस्त नाँफा कमाउँन सक्नेछन् । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुनालेएक अर्कालाई बिश्वास गर्दै जान सकिनेछ । बोलिको प्रभाव बढ्ने हुनालेबोलेरै राम्रा कामहरु गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । माया प्रेममा नचाहादा नचाहादै टाडिनु पर्दा मन मुटुमा जलन पैदा हुनेछ । अरुलाई दिएको आश्वासन पुरा नसकिने तथा सामाजिक कामहरु समयमा सम्पन्न नहुदा मान सम्मानमा दाग लाग्न सक्छ सजक रहनुहोला । अनाबस्यक खर्च तथा दैनिक खर्च बढेर जानेछ भने न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा मन खिन्न हुनेछ । अल्छि गर्नेबानिले कामहरु बिग्रन सक्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यावसायमा भनेजस्तो आम्दानि नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मे हम्मे पर्नेछ । आफ्ना कमजोरिहरु भरसक लुकाउने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ काम गर्दा ध्यान लिनुहोला । पढाई लेखाईमा अरुभन्दा पछि परेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुनेछन् । माया प्रेममा अविश्वास बढ्ने योग रहेकोले ख्याल गर्नुहोेला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा लगानि बढाई प्रशस्त आम्दानि गर्न सकिनेछ भने आम्दानिका स्रोतहरु पहिल्याई जीवन स्तर उकास्न सकिनेछ । पढाई लेखाईमा राम्रो प्रगति गरि नाम कमाउन सकिनेछ भने शिक्षा क्षेत्रको लगानिबाट भनेजस्तो आम्दानि हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन मार्फन नयाँ काम गर्न सकिनेछ । दाजुभाईको सहयोग हुने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मान सम्मान तथा ईज्जत प्रतिश्ठामा दाग लाग्न सक्छ काम गर्दा ख्याल गर्नुहोला । सरकारि सेवामा झन्झटिला प्रक्रिया अबलम्बन गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । राज्यबाट गलत आक्षेपहरु लाग्न सक्छ । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछाडि परिनेछ । व्यापार व्यावसायमा नाफा कमाउन निकैनै समय दिनु पर्नेछ । बुवा तथा आफन्त सँग मनमुटाव बढ्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) लामो दुरिको शैक्षिक तथा धार्मिक यात्रा हुँने प्रशस्त सम्भावना रहेकोछ । सामाजिक कामहरु गर्न सकिने हुनाले मान मर्यादामा बृद्धि हुनेछ । सामाजिक उत्तरदायित्वमा बहन गर्नुपर्ने समय रहेकोछ । व्यापार व्यावसायमा सोचेजस्तै नाँफा कमाउँन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा तपाई अरुभन्दा अब्बल हुँनुहुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखिन सक्छ सजक रहनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समय मध्ययम रहेकोले कुनै व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि दिन कुर्नुहोला । आर्थिक व्यावस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगि बिचमानै अवरुद्ध हुन सक्छन् , ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरवादि हावि हुनाले कामहरु समयमा सम्पन्न हुँदैनन् । पढाई लेखाईमा एकरुपमा नहुदा अरुभन्दा पछ परिनेछ । माया प्रेममा अबिश्वास तथा धोका हुने अधिक सम्भावना रहेकोछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org