ताजा समाचार

मन्त्री अधिकारीको निधनले नेकपा स्तब्ध, दुबै अध्यक्षले निकाले यस्तो विज्ञप्ति

काठमाडाैं ।काठमाडौं । एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकप्टर दुर्घटनामा परेर ज्यान गुमाएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको प्रति नेकपाले दुख व्यक्त गरेको छ ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले निकालेको संयुक्त विज्ञप्तिमा मन्त्री अधिकारीको निधनले कम्युनिष्ट आन्दोलनमाथि नै ठूलो धक्का लागेको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, अनुशासित युवा र विकासप्रेमि नेताका रुपमा चिनिएका क. अधिकारीको निधनले नेकपा गहिरो शोकमा डुबेको छ ।

२०४५ सालमा पार्टी सदस्यता प्राप्त गरेका मन्त्री अधिकारी निरन्तर कम्युनिष्ट आन्दोलनमा सहभागी भएर अविचलित यात्रा गरेको स्मरण गर्दै नेकपाले मृतकको आत्माको शान्तिकजो कामना समेत गरेको छ ।

हेर्नुहोस् विज्ञप्तिः

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org