ताजा समाचार

तपाईंको आजको दिन कस्तो छ हेर्नुहोस राशिफल !

वि.सं.२०७५ साल फाल्गुन १६ गते । बिहिबार । ईश्वी सन् २०१९ फेब्रुवरी २८ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाग्गुन कृष्ण पक्ष । तिथि नवमी,१० घडी ०६ पला,बिहान १० बजेर ३४ मिनेट उप्रान्त दशमी । नक्षत्र मूल,५९ घडी ०० पला । योग बज्र,१८ घडि १५ पला,दिउँसो ०१ बजेर ५० मिनेट उप्रान्त सिद्धि । करण गर,बिहान १० बजेर ३४ मिनेट उप्रान्त वणिज,बेलुकी १० बजेर ५८ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा धुम्र योग । चन्द्रराशि धनु ।

काठमाडौंमा सूर्योदय ०६ बजेर ३२ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०२ मिनेट । दिनमान २८ घडी ४६ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समयको ख्याल नगर्दा कामहरु बिग्रने तथा दण्ड तिर्नुपर्ने हुँन सक्छ सचेत रहनुहोला । आफन्तलाई बेवास्ता गर्दा परेको बेलामा सहयोग नहुँन सक्छ । पढाई लेखाईमा समय दिएपनि भनेजस्तो नतिजा ल्याउँन मुस्किल रहेकोछ । सरकारि काम गर्दा होस गर्नुहोला काम बिग्रने तथा अर्को दिन धाउँनु पर्नेछ । माया प्रेममा गर्नेहरुले आजको दिन नजिक नहुँदा नै राम्रो रहनेछ । अन्य काम गर्नुभन्दा आजको दिन दान धर्म तथा मन्दिर तिरको यात्रा गरि दिन कटाउँनु नै राम्रो रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा विवाद सिर्जना हुनेछ । गोप्य सुचनाहरु बहिरिने हुदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । मनोबल कमजोर हुने हुनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सांगठनिक टिम परिचालन गरि व्यावसाय बिस्तार गर्न सकिनेछ भने व्यापारबाट मनग्गे फाईदा हुँने योग रहेकोछ । भौतिक सम्पति तथा सवारि साधनको प्राप्तिको गतिलो योग रहेकोछ । नोकरिका सुगम स्थानमा स्थानान्तरण हुनेछ भने भनेजस्तो काम पाईने हुँदा मनग्गे धन कमाउँन सकिनेछ । जीवनसाथिको सहयोग महत्वपुर्ण कामहरु समयमा सम्पादन हुँने हुँदा मन प्रशन्न रहनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नोकरिमा प्रतिष्पर्धिहरुलाई हराउदै अगाडि बढ्न सकिनेछ भने सत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् । बिवादित निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा आउने हुँदा घर परिवार तथा आफन्तहरु खुसि हुनेछन् । व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि हुने योग रहेकोछ । पुराना स्वास्थ्य सम्बन्धि समस्याहरु हल भएर जानेछन् भने संकटबाट मुक्ति मिल्ने समय रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसायमा सन्तोषजनक फाईदा हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउन अलि बढिनै संघर्ष गर्नुपर्नेछ । माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । सन्तान तथा छोराछोरिबाट तपाईको काममा सहयोग हुनेछैन । बौदिक कार्यमा सहभागि भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउदा मन खिन्न हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आउने तथा औषधि उपचार खर्च बढ्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समय अनुकुल नहुनालेआमा तथा परिवारका सदस्यहरु तपाईदेखि टाडिन सक्छन् ध्यान दिनुहोला । बिद्यार्थिहरुले पढाई लेखाईमा समय दिन नसक्दा भनेजस्तो नतिजा हात लगाउँन गाह्रो पर्नेछ । राजनिति तथा समाजसेवामा अलि बढि गम्भिरता अपनाउँनुहोला आलोचना गर्नेहरु सक्रिय रहनेछन् । कृषि पेशा अपनाउँनेहरुले मनग्गे रुपैया पैसा संग्रह गर्न सक्नेछन् । प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) छोटो तथा रमाईलो आन्तरिक यात्राको तय हुनेछ भने सकारात्मक उपलब्धि हात लाग्नेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पति बिचको समन्धमा प्रगाडता बढेर जानेछ । उद्योग तथा व्यावसायमा लगानि गरि मनग्गे धन संग्रह गर्न सकिनेछ । खेलकुद तथा यस्तै पराक्रमी क्षेत्रमा समय खर्चिने हरुले नाम तथा दाम कमाउन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा नाँफा कमाउन निकै नै समय दिनु पर्नेछ । बोल्ला ख्याल गर्नुहोला तपाईको आजको निर्णय आत्मघाति पनि हुन सक्छ । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । कुटुम्बसँग मनमुटाब बढ्ने हुदा आजको दिन टाढानै रहनु राम्रो रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पार्न सकिने तथा व्यापार व्यावसायमा लगानि गरि यथेष्ट लाभ लिन सकिनेछ । काम गरि अरुलाई प्रभावित पार्न सकिनेछ भने समाजमा मान सम्मानमा बृद्धि भएर जानेछ । अध्ययनमा प्रगति हुनेछ भने अरुलाई पछि पार्दै नतिजा आफैतिर ल्याउँन सकिनेछ । राजनिति गर्नेहरुले राज्यबाट पद पाउने समय रहेकोछ । विलाशि वस्तुको प्रयोग मार्फत अरुको मन लोभ्याउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफन्त तथा परिवारकै सदस्यहरुबाट सहयोग नपाईने हुँदा कामहरु थाति रहनेछ । व्यापारमा लगानि गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनिति अपनाउनुहोला । माया प्रेममा अरुकै नकारात्मक टिका टिप्पणिले मनमुटाव बढ्ने योग रहेकोछ भने पति पत्निबिच अबिश्वास बढ्ने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला समान्य स्वास्थ्य सम्बन्धि समस्या आउनेछ । लामो दुरिको विदेश यात्राको तय हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) भौतिक सम्पति तथा प्राकृतिक स्रोतको परिचालन मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ । आयस्रोतका बाटाहरु फराकिला हुनेछन् भने व्यापार व्यावसायबाट भनेजस्तो नाफाँ कमाउन सकिने हुनाले अन्य क्षेत्रमा लगानि गर्न सकिनेछ । माया प्रेममा थप प्रगाडता बढेर जानेछ भने दाम्पत्य जीवन खुरि रहनेछ । पढाई लखाईमा तपाईको नाम अग्र स्थानमा आउनेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) गीत संगित क्षेत्रमा रुचि बढ्ने हुदा केहि समय रमाईलोतिर पनि समय खर्च हुनेछ । समयको गतिसँगै अगाडि बढ्न सकिने हुनालेआर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । आज गरिएको लगानि फस्टाएरु जने हुनाले व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । नयाँ काम खोज्दै हुनुहुन्छ भने समयले रोजगार दिलाउने तथा कामका बढुवा हुने योग रहेकोछ । पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउनेछ । माता पिताको सहयोगले राम्रा कामगरि समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org