ताजा समाचार

प्रदेश प्रमुखलाई उपचार गर्न भारत लगियो !

काठमाडौँ । त्रिवि शिक्षण अस्पतालमा केही दिनदेखि उपचाररत् सुदूरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्ललाई थप उपचारका लागि आज एयर एम्बुलेन्समार्फत भारत लगिएको छ ।

फागनु पहिलो हप्तादेखि बिरामी भई शिक्षण अस्पतालको आईसियु (सघन उपचार कक्ष)मा उपचारत प्रदेश प्रमुख मल्लको स्वास्थ्यमा सुधार नदेखिएपछि भारतको मेदान्त अस्पताल लगिएको उनका स्वकीय सचिव धनसिंह क्षेत्रीले राससलाई जानकारी दिए । एकहत्तर वर्षीय प्रदेश प्रमुख मल्ललाई कडा खालको निमोनिया र फोक्सोमा सङ्क्रमण देखिनुका साथै श्वासप्रश्वासमा समस्या देखिएको छ ।

शिक्षण अस्पतालका चिकित्सक डा पङ्कज पन्त र डा निरज बम लगायतको चिकित्सकको टोली उनको उपचारमा संलग्न थियो । बिरामी भएपछि यही फागुन ५ गते धनगढीको निसर्ग अस्पतालमा उपचारका लागि उनलाई लगिएकामा सोही राति थप उपचारका लागि काठमाडौँ लगिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org