मृतकका शव पूर्णरुपमा नचिनिने अवस्थामा, मन्त्री अधिकारीसहित सबैको ‘एन्टीमर्टम’ गरिने
काठमाडौँ । ताप्लेजुङ जिल्लामा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको लाशको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा ‘एन्टीमर्टम’ गरिने भएको छ । सातै जनाको शव बिहीबारै उक्त अस्पतालमा ल्याइसकिएको छ ।
अन्यभन्दा यो फरक घटना भएकाले ‘एन्टिमर्टम’ गर्न लागिएको हो । ‘एन्टिमर्टम’ प्रक्रिया पोष्टमार्टम भन्दा फरक भएकाले एन्टीमर्टमा डाटा संकलन भैरहेको उक्त अस्पताल फरेन्सिक विभागका प्रमुख फरेन्सिक विशेषज्ञ प्राडा हरिहर वस्तीले जानकारी दिए ।
उनका अनुसार मृतकका शवहरु पूर्णरुपमा नचिनिने अवस्थामा जलिसकेकाले सबै मृतकका परिवार र शवको डाटा लिएपछि परिक्षण हुनेछ । यो समाचार आजको नेपाल समाचारपत्रमा भगवती तिमल्सिनाले लेखेकी छिन् ।
यो दुर्घटना सडक या अन्य घटना भन्दा निकै फरक भएको र यसमा पोष्टमार्टम लागु नहुने भएकाले एन्टीमार्टममा समय लाग्ने बताउँदै डा.वस्तीले भने–जटिल खालको अवस्थामा सबै शवको प्रकृति पहिचान नहुने र पुरै डढेको अवस्थामा भएकाले शव पहिचान गर्नकै लागि डाटा लिनुपर्ने हुन्छ ।
अस्पतालका अनुसार डाटा संकलन तीब्र रुपमा भएकाले शुक्रवारसम्ममा परीक्षण प्रकृया पुरा हुन सक्ने छ ।
Comments
अरु समाचार
-
गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्ति विवादको मुद्धा हेर्दाहेर्दैमा, अर्को पेसी वैशाख १७ गते
पोखरा। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवादको विषयमा बहस नसकिएपछि सर्वोच्च अदालतले त्यसलाई हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीश सपना प्रधान...
-
गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित
काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका अधिकारीको दाबी पेस
काठमाडौं । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन्...
-
गण्डकीमा सरकार गठनका लागि ७ दिनको समय
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरिएकाे छ । बुधवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश...
-
कोशी, बागमती र गण्डकी प्रदेशको केही पहाडी भूभागमा हल्का वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको...
-
शाइन रेसुंगा बैंकलाई फेरि ‘बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड’
बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२४ अवार्ड जितेको छ । न्यू बिजनेश एज प्रालिले काठमाडौंमा...
-
प्रधानमन्त्रीले पर्सि पोखरालाई ‘पर्यटकीय राजधानी’ घोषणा गर्ने
काठमाडाैँ । पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ। पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार पर्यटकीय राजधानी घोषणा गर्नेछन्।...
-
गण्डकी प्रदेशसभाको चालु अधिवेशन आकस्मिक रुपमा अन्त्य
काठमाडौं । गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन शुक्रबार राति १२...