ताजा समाचार

रवीन्द्रको श्रद्धाञ्जलि सभामा जान नसक्दा उर्जामन्त्री पुन दुखी

काठमाडाैं । उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले दिवंगत मन्त्री रवीन्द्र अधिकारीको श्रद्धाञ्जलि अर्पण गर्न टुँडिखेल जान नपाएकोमा दुःख व्यक्त गरेका छन् ।

मन्त्री अधिकारीका आफन्तलाई भेटेपछि दुखी बनेका मन्त्री पुनले स्ट्रेस लिएका कारण रिङ्गाटा लागेर ढलेका थिए । दिवंगत मन्त्री अधिकारीलाई एकदमै नजिकबाट रुचाउने गरेको कारण समेत उनले स्ट्रेस फिल गरेका हुन्।

स्वास्थ्यमा थपसुधार नदेखिएपछि मन्त्री पुनलाई केही अस्पताल राखिने भएको छ । मन्त्री निवास पुल्चोक पुगेर ‘वाथ रुम’बाट फर्किएपछि रिङ्गटा लागेर ढलेका पुनलाई लगतै नर्भिक अस्पताल भर्ना गरिएको थियो । अहिले उनको स्वास्थ्य स्थिति सामान्य नै रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org