ताजा समाचार

मन्त्री अधिकारीको राजकीय सम्मानसहित अन्त्येष्टि, श्रीमती र छोराले दिए दागबत्ति

पोखरा ।  संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको राजकीय सम्मान सहित अन्त्येष्टि गरिएको छ। गृहनगर पोखराको रामघाटमा अन्त्येष्टि गरिएको हो।

अधिकारीको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई र छोरा विराज र स्वराज अधिकारीले दागबत्ति दिएका हुन्।

यसअघि पोखरा प्रदर्शनीस्थलमा श्रद्धाञ्जली सभा गरिएको थियो। शवयात्रा नयाँबजार, महेन्द्रपुल रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटसम्म पुगेको थियो।

अधिकारीको काजकिरिया ७ दिनमा सक्ने परिवारिक तयारी छ। काजकिरिया उनको पोखरा मालेपाटनस्थित घरमा हुने बताइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org