ताजा समाचार

भरतमोहनको पार्थिव शरिर श्रद्धाञ्जलीका लागि धुम्बाराहीमा

काठमाडौं । नेकपाका नेता स्वर्गीय भरतमोहन अधिकारीको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको छ ।

अधिकारीको श्रद्धाञ्जलीमा विभिन्न दलका नेता तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको छ । सच्चा कम्युनिष्ट नेताको रुपमा चिनिएका नेता अधिकारीलाई श्रद्धाञ्जली अर्पन गर्न सरकारले समेत तयारी थालेको छ ।

अर्थमन्त्री रहँदा वृद्धभत्ता र आफ्नो गाउँ आफैं बनाऔं जस्ता लोकप्रिय कार्यक्रम ल्याएका नेता अधिकारीको गएराति ८२ वर्षको उमेरमा निधन भएको थियो । उनको पार्थिव शरिरलाई आइतबार बिहान ह्याम्स अस्पतालबाट पार्टी कार्यालय धुम्बाराहीमा लगिएको हो । मध्याह्न १२ बजेसम्म श्रद्धाञ्जली अर्पण गरेपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका अधिकारीलाई दिने श्रद्धाञ्जलीको विषयमा मन्त्रिपरिषदले निर्णय गर्ने छ । त्यसका लागि बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाइएको छ । मन्त्रिपरिषद बैठक बस्नुअघि सरकारलाई सुझाव दिन नेकपा सचिवालयको बैठक पनि बसेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org