ताजा समाचार

प्याराग्लाइडिङ गर्दा फेवातालमा खसेरर विदेशी नागरिकको मृत्यु

पोखरा  ।  पोखराको सराङकोटबाट उडेको प्याराग्लाडिङ फेवातालमा खसेर दुर्घटना हुँदा ४२ वर्षे रोमानियन नागरिक एडी सिजरको मृत्यु भएको छ ।

आज विहान ११ बजेतिर उडान भरेको उक्त प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसकेर सीधै तालमा खसेको प्रहरीले जनाएको छ । एडीलाई तत्काल उद्धार गरि पोखराको मेट्रोसिटी हस्पिटल पुर्रयाइएको थियो ।

उनलाई बचाउन नसकेको अस्पतालले जानकारी दिएको छ । प्याराग्लाइडिङ खसेको सूचना पाएलगत्तै प्रहरीको टोली मोटरबोट लिएर घटना स्थल पुगेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org