ताजा समाचार

प्रहरी र राहत शिक्षकबीच बानेश्वरमा झडप (फोटो फिचर)

काठमाडौं । विभिन्न मागहरुसहित आन्दोलनमा उत्रिएका राहत शिक्षक र प्रहरीबिच झडप भएको छ ।

आइतबार काठमाडौको नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न खोजेपछि शिक्षक र प्रहरीबिच झडप भएको हो । संघिय शिक्षा ऐनमा सम्पूर्ण राहत शिक्षकहरुको पेशागत सुनिश्चीतताका लागी नीतिगत व्यवस्था गर्नुपर्ने माग गर्दे नेपाल राहत शिक्षक केन्द्रिय समितिको आह्वानमा काठमाडौको माईतिघरदेखि नयाँ बानेश्व्रसम्म विरोध प्रदर्शनसहित र्यालीका आयोजना गरिएको थियो ।

र्याली नयाँ बानेश्व्र पुगेपछि प्रहरीले निषेधित क्षेत्रभित्र जान रोक लगाएको थियो । प्रर्दशनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको थियो । त्यसपछि प्रदर्शनकारीले प्रदर्शनलाई जारी राखेपछि प्रहरीले पानीको फोहरा प्रयोग गरेको थियो । झडपमा परि केहि प्रदर्शनकारी घाइते भएका छन् ।

राहत शिक्षकहरुको स्थायित्वका लागि संघीय शिक्षा ऐनमा स्पष्ट प्रावधान राखिनु पर्ने, शिक्षक सेवा आयोगका परीक्षाहरुमा राहत शिक्षकहरूलाई उमेरको हद लगाउन नहुने लगाएतका माग राख्दै राहत शिक्षकहरु आन्दोलित भएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org