ताजा समाचार

स्व. पर्यटनमन्त्री अधिकारीको सम्झनामा बन्यो यस्तो भावुक गीत (भिडियोसहित)

काठमाडाैं । लोक गायक पुष्कल शर्माले दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीको दुखद् निधनलाई समेटेर गीत बनाएका छन्।

‘कालो दिन’ शिर्षकको गीतमा गायक शर्माले हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका दिवंगत मन्त्री अधिकारीको सम्झनामा गीत बनाएका हुन् । सामाजिक विषयवस्तु माथिको चोटिलो प्रहार गरेर होस या मृत्युको भयानक अवस्थालाई टिपेर होस्, भावुक अनि चर्चित गीत सिर्जना गर्दै चर्चा कमाएका गायक शर्माले आफ्नै युट्युब चयानल मार्फत गीत सार्वजनिक गरेका छन् ।

गीतमा लय, शब्द र संगित गायक शर्मा कै रहेको छ भने, मारुणी रेकर्डिङ स्टुडियोबाट गीत रेकर्ड गराएका छन् । गीतमा दिवंगत मन्त्री रवीन्द्रका भाषणका दृश्यहरुदेखि हेलिकप्टरबाट शव ल्याउदै गरेको र शव यात्राको क्रममा भएका कुराहरुलाई समेटेका छन् ।

हेर्नुहोस भिडियोः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org