ताजा समाचार

‘फ्रि फल’ देखाउदा सैनिकको प्यारासुट दुर्घटना, सिपाही घाइते (भिडियोसहित)

काठमाडाैँ । सैनिक दिवसको अवसरमा  सेनाले काठमाडाै स्थित टुडिखेलमा गरेको कला काैशल प्रदर्शनीमा प्यारासुट दुर्घटना भएको छ  ।

सेनाले देखाउने बिभिन्न प्रदर्शनी अन्तर्गत प्यारासुट उडान आकर्षक काैशलको रुपमा लिईन्छ । हरेक बर्ष महाशिवरात्रिको दिन सेनाले सैनिक दिवस मनाउदै आएको छ । दुर्घटनामा सेनाका पूर्णबहादुर भण्डारी घाइते भएका हुन् ।

सैनिक प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले ल्याण्डिङ गर्ने क्रममा दुर्घटना भएको जानकारी दिए । ‘प्राविधिक कारणले सही रूपमा ल्याण्ड नभएको हो’, ढकाललेन्युज-नेपालसँग भने ।

घाइतेलाई अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ । नेपाली सेनाले हरेक वर्ष शिवरात्रिको दिन विविध कार्यक्रम गरेर सेना दिवस मनाउने गरेको छ । त्यही परम्पराअनुसार सैनिक परमाधिपति एवं राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको उपस्थितिमा कार्यक्रम भइरहेको छ ।

सैनिक मञ्च टुँडिखेलमा अहिले जारी कार्यक्रममा सैनिक ब्याण्डको सांगीतिक प्रस्तुतिसँगै विभिन्न साहसिक खेलहरु भइरहेका छन् ।

हेर्नुहोोस भिडियोः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org