ताजा समाचार

चुरीफुरी डटकम मार्फत ‘गैडा’को धमकेदार इन्ट्रि, यस्तो बनेर आयो ट्रेलर (भिडियोसहित)

काठमाडाैं । तितो सत्य हास्य टेलि श्रृङखलाबाट गैडा नामबाट परिचित भएका कलाकार निर्मल शर्मा र कमलकान्त मैनालीको संयुक्त निर्देशनमा ‘चुरीफुरी डटकम’ वेब सिरिज आउने भएको छ ।

हास्य क्षेत्रका बादशाह मानिने गैडा केहि समय टेलिसिरियलबाट टाढा रहेपनि फेरि चुरीफुरी डटकमबाट फर्कन लागेका हुन् । न्युज-नेपालससँग कुराकानी गर्दै गैडाले भने, राजनीतिदेखि सामाजीक कामहरुसम्म हाम्रो प्राथमिकताका विषय हुनेछन् । समाजमा घट्ने घटना र सामाजीक वेतिथिलाई मनोरञ्जनात्मक शैलीबाट उतार्ने कोसिस चुरीफुरी डटकमले गर्नेछ । चुरीफुरी डडटकम मनोरञ्जनको लागि मात्रै नभइ तिखो व्यङ्ग्य र जनताको आवाजलाई सचित्र उतार्ने हुनेछ भन्ने विश्वास लिएका छाैं ।

गैडाले थपे, चुरीफुरी डटककम छिट्टै छायांकनमा जानेछ । तयारी करिब पुरा भएको छ । हाम्रो वेब सिरिज बोधी एचडीको युट्युब च्यानबाट प्रशारण हुनेछ ।

भर्खरै लञ्च बइको चुरीफुरी डटकमको ट्रेलरको भिडियोमा कलाकारहरु गजीत बिस्ट, रजनी केसी, केशब भट्टराई, कमलकान्त मैनाली, शिवहरी आचार्य, निर्मल शर्मा, मुकुन्द मैनाली, कबी ज्यू, रबी शर्मा घाटो, सुनीता श्रेष्ठ, स्वनीका बास्तोला, रितु, अस्मीता खनाल, रामेश्वर केसी, सुभाष गजुरेललाई फिचरिङ गरिएको छ । भने यहि समुहले कलाको माध्यमबाट मनोरञ्जनका साथै जानकारी दिनेछ ।

यस्तै, ट्रेलरमा शान्तीप्रीयको शब्दमा बरिष्ठ सङ्गीतकार शम्भुजीत बास्कोटाको सङ्गीत र आवाजलाई सुदीप सागरले अरेञ्ज गरेका छन् । सङ्गीतकार शम्भुजीत बास्कोटालाई पनि ट्रेलरमा हेर्न सकिन्छ । यस्तै राजु केसीको छायाङ्कन तथा बिजी बीका गौतम राज खड्काले यसको सम्पादन गरेका हुन् ।

ट्रेलर यस्तो छः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org