ताजा समाचार

भरतमोहन र रवीन्द्रलाई सम्झन भृकुटीमण्डपमा श्रद्धाञ्जलीसभा गर्दै नेकपा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राजधानीको भृकुटीमण्डपमा श्रद्धाञ्जलीसभा आयोजना गर्ने भएको छ ।

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारी र पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको सम्झानामा नेकपाले यहि २३ गते श्रद्धाञ्जलीसभाको आयोजना गर्ने भएको नेकपा महासचिव विष्णु पाैडेलले लुम्बिनि भ्वाइसलाई जानकारी दिए  ।

सभालाई प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले सम्बोधन गर्ने तय भएको नेकपाका प्रदेश ३ कमिटीका सचिव आनन्द पोखरेलले जानकारी दिए । श्रद्धाञ्जलीसभामा परिवारका सदस्यलाई समेत उपस्थित गराउने तयारी थालेको नेकपाले जनाएको छ ।

महासचिव बिष्णु पौडेलको उपस्थितिमा सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले कम्तिमा २० हजारको उपस्थितिमा श्रद्धाञ्जलीसभा आयोजना गर्ने निर्णय गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org