ताजा समाचार

विप्लवलाई प्रधानमन्त्रीको चेतावनीः कम्युनिष्टका नाममा हिंसा आतंक बन्द गर !

काठमाडाैं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई कम्युनिष्ट पार्टीको नाममा हिंसा आतंक मच्चाउ तत्काल बन्द नगरे गम्भीर परिणाम बेहोर्नु पर्ने जनाएका छन् ।

प्रधानमन्त्री ओलीले भने, समाजमा आतंक मच्चाउने काम बन्द गराैं । म आग्रह गर्छु । झापाको खुदुनाबारी र इलामको दानावारी नजिकैको जंगलस्थित रहेको सुखानी पार्कमा मंगलबार आयोजित ४६ औँ सुखानी सहिद स्मृति दिवस तथा श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले अब जनता मार्ने, लुट मचाउने, चन्दा असुल्ने र विस्फोट गराउने कम्युनिष्ट पार्टी नेपालमा नरहेकाले आफूहरु कम्यूनिष्ट भए यस्तो काम बन्द गर्न निर्देशन दिए । प्रधानमन्त्री ओलीले देशमा कम्युनिष्ट सरकार रहेको र सच्चा कम्युनिष्टलाई आफ्नो पार्टीमा स्वागत गरिने समेत जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org