ताजा समाचार

नेपाली फुटबलका सम्पुर्ण गतिविधि अब डिजिटल प्रविधिमा

काठमाडौं । नेपाली फुटबलका सबै गतिविधिलाई अबदेखि डिजिटल प्रविधिमा राखिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुक्रबार फुटबलका सबै खाले काम कारवाहीलाई डिजिटलमा रुपान्तरण गर्न इम्प्रुभमेन्ट कम्पनी नेपाल (आईसीएन) र मेर्सी क्रप्ससहित दुई कम्पनीसँग सम्झौता गरेको छ ।

सम्झौतापत्रमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, मेर्सीका कन्ट्री निर्देशक सञ्जयध्वज कार्की र आईसीएनका प्रमुख कार्यकारी अधिकृत रुपेशभक्त श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौताअनुसार फुटबलका खेलाडी, रेफ्री, प्रशिक्षक, म्याच कमिस्नार, खेलाडीको ट्रान्सफर, दर्ता लगायतका हरेक काम सफ्टवेयरबाट गरिने उल्लेख छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org