ताजा समाचार

सिकेबारे प्रचण्ड भन्छन, जनमत संग्रह हुन्न, सरकारको उद्देश्यमाथि शंका नगर्नुस !

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले तराईमा पृथकतावादी गतिविधि चलाइरहेको समुहसँग कुनै किसिमको गलत सम्झाैता नगरेको दावी गरेका छन् ।

पोखरा विमानस्थलमा पत्रकारहरुसवग कुराकानी गर्दै प्रचण्डले भने, संविधानको मुल मर्म र भावना अनुसार अनि नेपालको नेपालको राष्ट्रिय एकता, स्वाधिनता, भाैगोलिक अखण्डतालाई सम्मान गर्दै मुलधारको राजनीतिमा ल्याउने गरि सिके राउसँग सहमति भएको हो ।

भर्खरै जेलबाट छुटेको र आफ्ना कार्यकर्ता तथा नेताहरुलाई बुझाउन समय लाग्ने भएकाले जनकपुरमा भएको कुराले खासै अर्थ नराख्ने र यसबारे प्रधानमन्त्री ओलीसँग छलफल भएको स्पष्ठ पारेका हुन् ।

सिकेले जनकपुरमा गरेको सम्बोधन र नाराका बारेमा नेता कार्यकर्तालाई सिकेले कुरा बुझाउदे गरेकाले त्यस्तो भएको र सरकार यसमा विश्वस्त रहेको प्रधानमन्त्रीले जनाएको समेत प्रचण्डले जनाएका छन् ।

प्रचण्डले यसमा थप प्रष्ट पार्दै भने, सरकारको उद्देश्यमाथी शंका गर्नु पर्दैन, सिके रावतका गतिविधि सम्झौता विपरित हुँदै गए निर्णय गर्ने अधिकार सरकारलाई छ । सम्झौतामा द्विअर्थी लाग्ने भन्ने कुरा (जनमत संग्रह) यो सरकारले चाहेर पनि गर्न सक्दैन । सविधानले नै प्रष्ट पारेको दुई तिहाईले निर्णय गर्नुपर्छ । यसमा कुनै आशंका गर्नुपर्दैन ।

सहमतिका कतिपय भाषामा केहि त्रुटि भए की भन्ने कुरा छ त्यसमा त्यति आपत्ति जनाइराख्नु पर्दैन । यो कुरालाई समाधान तर्फ लैजान सरकारले भरपुर कसरत गरेरै काम अगाडी बढाएको हो । प्रचण्डले थप्दै भने, सरकारले चाहेर जनमत संग्रह हुने कुरा होइन । दुई तिहाई बहुमत चाहिन्छ । यसका संवैधानिक रुपमा स्पष्ठ लेखिएको छ । यसर्थ हामीले मिडियामा आएजस्तो कुरालाई विश्वास गरेर विरोध गर्नु हुँदैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org