ताजा समाचार

विप्लवलाई प्रचण्डको सन्देशः प्रचण्ड बन्ने कोसिस नगर्नुस् परिस्थिति फेरियो !

काठमाडौं । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ‘प्रचण्ड”ले विप्लवले आफ्नो नक्कल गर्न खोजेको आरोप लगाएका छन् ।

पोखरा विमानस्थलमा पत्रकारहरुसँ कुराकानी गर्दै प्रचण्डले विप्लवलाई राजनीतिक वार्तामा आउनुको विकल्प नभएको भन्दै वार्तामा आउन आग्रह गरेका छन् । १० बर्षे जनयुद्धमा आफनो नेतरत्वले गरेको कामको नक्कल गर्न खोज्नु पार नलाग्ने बाटो रोज्नु नै हो । प्रचण्डले भने ।

२५ वर्षअघिको नेपाल र हहिलेको नेपाल फरक भइसकेकाले परिस्थिति धेरै परिवर्तन भएकाले विप्लवले यस्तो बाटो रोज्नु घतक हुने प्रचण्डको विश्लेषण रहेको छ । आफूले विप्लवलाई राम्ररी चिनेको भन्दै ‘मैले वा पार्टीले झण्डै २५ वर्षपछि गरेको कुरालाई नक्कल गर्न खोज्नु भएको छ, यो पार लाग्ने बाटो होइन । त्यो बेलाको परिस्थिति र अहिलेको परिस्थितिमा गुणात्मक फेरबदर आइसकेको छ ।’

यसमा थप्दै उनले भने, ‘प्रचण्डले गरेको नक्कल गरेर म पनि प्रचण्ड हुन्छु भनेर सोच्नु विल्कुल मनोगत हुन्छ,’ उनले थपे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org