ताजा समाचार

वाइसिएल पुरानो विरासतमा फर्किने संकेत, अध्यक्ष दिपशिखाले भने नेताका डोजरमा आगो लगाउनुस्

काठमाडाैं । पार्टी एकता भएपनि सांगठनिक एकताले पुर्णता नपाएपछि वाइसिएल नेपालले कार्यक्रम गर्दै जनप्रतिनिधिका डोजरमाथि आगजनी गर्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ ।

जनप्रतिनिधि व्यवसायीक बन्न डोजर खरिद बिक्रिमा लागेको भन्दै जनताको काम नगर्ने सबैका डोजरमाथि आगो लगाउन वाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ले निर्देशन दिएका हुन् ।

मंगलबार प्रदेश ५ अन्तरगत बाँके जिल्लाको खजुरामा सहिद तथा बेपत्ता परिवार सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दिइशिखाले यस्तो निर्देशन दिएका हुन् ।

वाइसिएलको विरासत कसैले भुल्न नहुने भन्दै चर्को भाषणमा उत्रिएका अध्यक्ष दिपशिखाले दिएको निर्देशन आपत्तिजनक रहेको भन्दै कतिइयलर विरोध समेत गरेका छन् । हिंसाको राजनीति नगरेर जनताको मनमा रहन शान्तिपूर्ण आन्दोलनका कार्यक्रम गर्न समेत वाइसिएलसँग माग गरिएको छ ।

जनताको काम गर्छु भन्दै कसम खाएका नेताहरु डोजर व्यवसायमा लागेको भन्दै त्यस्ता जनप्रतिनिधिको डोजरमा आगो लगाउन वाइसिएल तयार हुनुपर्नेमा जोड दिदै अध्यक्ष दिपशिखाले भने, जनताका समस्यामा सहजीकरणको साटो ठेक्कापट्टामा लाग्ने र डोजर खरिद बिक्रि गरेर जनतालाई धोका दिने जो सुकै प्रतिनिधिको सम्पत्तिमाथि आगो लगाउन सकिन्छ ।

सहिद तथा वेपत्ता परिवारलाई अभिनन्दन गर्ने क्रममा ११२ जना सहिद परवारलाई सम्मान तथा अभिनन्दन गरिएको थियो । भने सोहि अवसरमा दर्जनौँ युवाहरुले रक्तदान समेत गरेका छन् ।

७ वटा प्रदेशका आधाभन्दा बढी जिल्लामा अभिनन्दन गरिसकेको वाईसीयलले सोमबार धनगढी, मंगलबार नेपालगंज, बुधबार झापा र शुक्रवार काठमाडौं गर्ने बताएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org