ताजा समाचार

मेयरखबर डटकमको उद्घाटन प्रधानमन्त्रीबाट

काठमडाैंं । प्रधानमन्त्री केपी शर्मा ओलीले इन्स्टिच्यूट अफ कम्युनिकेशन, इन्फर्मेशन एण्ड डेभलपमेण्ट(आइसिआइडी)ले प्रकाशन गरेको डिजिटल खबरपत्रिका ‘मेयरखबर डटकम’को औपचारिक शुभारम्भ गरेका छन्।

‘हाम्रो सरकार, हाम्रै समाचार’ भन्ने मूल नाराका साथ आजदेखि शुभारम्भ भएको अनलाइन न्यूज पोर्टल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले स्थानीय सरकारलाई थप सबल बनाउनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले सङ्घीयतामा मुलुक प्रवेश गरेसँगै नगर सरकार बलियो भएको बताउँदै जनताको अपेक्षा पूरा गर्न नगर सरकारलाई आगह गरे ।

मेयरखबरले नगरको निगरानी गर्दै नगरवासीलाई सूचना प्रवाह गर्ने आइसिआइडीका कार्यकारी निर्देशक शिव अधिकारीले जानकारी दिए । मेयरखबरमा नगरपालिकाका मेयरको अन्तर्वार्ता, बालबालिकासँग मेयर, महिलासँग उपमेयर, यस्तो पो मेयर, सूचनापाटी, मेयर कानून, विदेशका मेयरको अनुभूतिलगायत स्तम्भ पढ्न सकिनेछ । सो अनलाइन पोर्टलमा प्रत्येक नगरपालिकाको अत्यावश्यक जानकारीसमेत उपलब्ध हुने जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org